• ६ जेठ २०८१, आइतबार

अस्पतालको ल्याव सेवा सुचारु

blog

राजन रावल
हुुम्ला, जेठ ४ गते ।
गत वैशाख २६ गतेबाट बन्द रहेको ल्याव सेवा पुनः सुुचारु भएको छ । स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारी फिर्ता हुुँदा सेवा सुचारु भएको हो ।

अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले निर्वाचनपछि ल्याव सेवा सुुचारु भएको बताउनुुभयो । उहाँले ल्यावबाट प्रदान गरिने सेवा सुचारु भएपनि परीक्षणका लागि आउने बिरामीलाई सहज भएको बताउनुुभयो ।

बुधवार मात्र दश जना बिरामीको ल्याव परीक्षण उहाँले बताउनुभयो । निर्वाचन अवधीभर बिरामीले सेवा पाउनबाट वन्चित हुनुपरेको पनि उहाँले बताउनुभयो ।

बिरामी बल शाहीले चार पटक अस्पताल पुुगेर रगत परीक्षण गर्न नपाएको जानकारी दिनुहुँदै बल्ल परीक्षण गर्न पाएको बताउनुुभयो ।

यसबाट दैनिक रुपमा उपचारका लागि आउने बिरामी सहज भएको छ । ल्याव सेवामा काम गर्दै आउनुु भएका छजना स्वास्थ्यकर्मीे निर्वाचनमा खटिएको कारण बिरामीको उपचारमा समस्या भएको थियो । अस्पताले ल्यावबाट दिसा, पिसाब,  खकार, रगतलगायतका सात प्रकारको ल्याव परीक्षण हुने गरेको छ ।