इजिप्ट, मङ्सिर १४ गते । इजिप्टले सन् २०३० सम्म करिब ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने लक्ष्य राखेको छ । एकीकृत खरीद, चिकित्सा आपूर्ति र प्रविधि व्यवस्थापनका लागि इजिप्टियन प्राधिकरणका उपाध्यक्ष हेशाम बद्रले राष्ट्रिय खोप रणनीतिको शुभारम्भ समारोहमा सो कुराको जानकारी दिनुभएको हो ।
खोप निर्माणमा इजिप्टको प्रतिबद्धतालाई इजिप्टियन भ्याक्सिन म्यानुफ्याक्चरर्स एलायन्सले सहयोग गर्नेछ । यो रणनीतिक पहलले स्थानीय क्षमताहरू विकास गर्ने र इजिप्टलाई खोप उत्पादनको लागि क्षेत्रीय केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । सिन्ह्वा