• १३ साउन २०८१, आइतबार

प्रतिनिधि सभा बैठक सुरु

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ४ गते । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो ।

सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा  आर्थिक वर्ष २०७९–०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल हुनेछ ।

बजेट अधिवेशन सुरु भएको पहिलो दिन मङ्गलबार अर्थमन्त्री जनार्दन शर्माले आव २०७९–०८० का लागि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता सदनमा पेश गर्नुहुँदै आगामी बजेटलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित गरिने जानकारी दिनुभएको थियो ।

अर्थमन्त्री शार्माले आर्थिक गतिविधिलाई थप गतिशिल बनाउने र आयात नियन्त्रण गर्दै आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी आगामी बजेटमा सिद्धान्त तथा प्राथमिकता तय गरिएको संसद्लाई जानकारी गराउनुभएको थियो । 

यसैगरी, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पटक–पटक गर्दै आएको संसद् अवरोध अब नहुने भएको छ ।

मङ्गबारको बैठकमा सभामुख सापकोटासँग समय लिएर बोल्नुहुँदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बजेट अधिवेशनमा एमालेले अवरोध नगर्ने बताउनुभएको हो । साथै उहाँले विरोधको स्वरुप भने परिवर्तन गर्ने बताउनुभयो । एमालेले भदौ २३ गतेदेखि खास विषयसहित निरन्तर सदन अवरोध गर्दै आएको थियो ।