• १ माघ २०८१, मङ्गलबार

सिन्जालीलाई विश्व च्याम्पियनसिपको तयारी थाल्न राखेपको सुझाव

blog

उसु खेलाडी विजय सिन्जाली ।

काठमाडौं, मङ्सिर ५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले थाउलो विश्वकपका कांस्य पदक विजेता उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाव दिएको छ । 

राखेपमा सदस्य सचिव टङ्कलाल घिसिङले भेटमा सिन्जालीलाई बधाई दिँदै विश्व च्याम्पियनसिपको तयारीमा जुट्न आग्रह गर्नुभयो । घिसिङले राखेपले तयारीको लागि आवश्यक सहयोग गर्ने पनि बताउनुभयो । 

सिन्जालीले जापानको योकोहामामा अक्टोबर २३ देखि २८ तारिखसम्म भएको प्रतियोगिताको चेन्सुमा कांस्य पदक जित्नुभएको थियो । थाउलो विश्व कपमा विजयले छनोट चरण पार गर्दै सहभागिता जनाउनुभएको थियो । चीनमा गत अप्रिलमा भएको उसु आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा २७ प्रतिस्पर्धी मध्ये पाँचौँ 

स्थानमा रहँदै सिन्जाली थाउलो विश्वकपका लागि छनोट हुनुभएको थियो । सिन्जालीले रियादमा भएको विश्व कम्ब्याटमा स्वर्ण, १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत र १३औँ सागमा स्वर्ण जित्नुभएको थियो । 

थाउलो विश्वकपमा नेपालबाट सिन्जालीसहित पाँच खेलाडीले सहभागिता जनाएका थिए । निमा घर्तीमगर, राजीव तामाङ, दीपक हमाल र पासाङ शेर्पा पदकविहीन बन्नुभएको थियो ।