• १२ पुस २०८१, शुक्रबार

शिभाली र आइसथ पहिलो

blog

यु–१४ टेनिसमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, मङ्सिर ५ गते । नेपालकी शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडी इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताको गर्ल्स डबल्समा बुधबार पहिलो हुनुभएको छ । 

उक्त जोडीले फाइनलमा बङ्गलादेशका हुमीराह हैदर र बङ्गलादेशकी नयिम हुसेनको जोडीबाट वाक ओभर पाउनुभयो । हुमीराहकी पार्टनर नयिम घाइते भएकाले उक्त जोडीले फाइनल त्यागेका थिए ।

नेपाल टेनिस सङ्घ र एथलिट्स इमर्जिङद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा  भारतका अभी अग्रवाल र तनिश नन्दाको जोडीले नेपालका अर्यासराज पौडेल र स्पन्दन उदासको जोडीलाई ६–१, ६–० तथा भारतकका हर्ष मर्वाहा र बङ्गलादेशका मोहम्मद रकिन रहमानको जोडीले नेपालका वृजेश अर्याल र विश्वविषेश डल्लाकोटीको जोडीलाई ६–४, ६–४ को सोझो सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गर्नुभयो । 

गर्ल्स सिंगल्समा नेपालकी शिभाली गुरुङले आफ्नै डबल्स पार्टनर माल्दिभ्सकी सइजनलाई ६–१, ६–२ तथा बङ्गलादेशकी हुमाराहले नेपालकी स्वराह थापालाई ६–०। ६–० को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान बनाउनुभयो । 

ब्वाइज सिंगल्समा भारतका तनिसले हङकङका लाप यिन ललाई ६–०, ६–१, नेपालका वृजेश अर्यालले नेपालकै असभसम्राट हाडालाई ६–१, ६–०, भारतका अभी अग्रवालले नेपालका विश्वविषेश डल्लाकोटाीलाई ६–०, ६–१ तथा न्युजिल्यान्डका ज्याक्स रुपले भारतका हर्ष मर्वाहालाई ६–४, ४–६, ७–५ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गर्नुभयो ।