• १४ वैशाख २०८१, शुक्रबार

भरतपुर महानगरमा रेनु दाहाल २०७ मतले अगाडि

blog

फाइल तस्बिर

शालिग्राम नेपाल 
चितवन, जेठ ३ गते।
भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को उम्मेदवार रेनु दाहालले अग्रता लिनुभएको छ। 

नगर प्रमुख पदका प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदी भन्दा २०७ मतले उहाँ अगाडि हुनुहुन्छ।

 अहिले भरतपुर महानगरपालिकाको वडा नम्बर ५ को मतगणना भइराखेको छ। दाहालले ६ हजार ५६६, एमालेका सुवेदीले ६ हजार ३५९ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार १९९ मत ल्याउनुभएको छ। अहिलेसम्म १९ हजार २८३ मत गणना भइसकेको छ।

 उपमेयरमा नेपाली कांग्रेका चित्रसेन अधिकारीले  सात हजार ९७८, राप्रपाका हिमला गुरुङले पाँच हजार २२९ मत प्राप्त गर्नुभएको छ। पछिल्लो मतगणनामा दाहालको मत बढ्दै गएको छ।