• १५ चैत २०८०, बिहिबार

काठमाडौं महानगर मतगणना अपडेट

काठमाडौं महानगर प्रमुखमा ९ हजार ४९९ मतसहित साहकाे अग्रता

blog

काठमाडौं, जेठ ३ गते । काठमाडौं महानगर प्रमुखमा ९ हजार ४९९ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमै हुनुहुन्छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित पाँच हजार १९६ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह ४ हजार ५४० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

महानगरका निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ८८१, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७१४ मत ल्याउनुभएको जानकारी दिनुभयो ।

यसैगरी, प्रमुखमा निर्वाचन चिन्हहरु तराजुमा ११३, मादलमा १८, चक्का पाङ्ग्रोमा सात, कुखुराको भालेमा पाँच, सुगामा चार, खानेपानीको धारामा २१, करुवामा चार, किताबमा दश, बाघमा एक मत प्राप्त भएको छ ।

मङ्गलबार मध्यान्ह १२ बजेसम्म २५ हजार ९४ मतगणना हुँदासम्म सो मत प्राप्त भएको हो । यसमा बदर मतको सङ्ख्या ८८२ छ । महानगर उपप्रमुखमा गठबन्धनतर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २७ सय ८४ मत प्राप्त गर्नुभएको छ । एमालेका सुनीता डङ्गोलले ९८ सय १५ मत ल्याउनुभएको छ ।

उपप्रमुखमा निर्वाचन चिन्हहरु तराजुमा ४३०, हलोमा १७ सय ८६, मादलमा २८, चक्का पाङ्ग्रोमा दस, करुवामा १४, पुतलीमा एक, खानेपानीको धारामा एक, क्यापमा ७२, लौरोमा एक हजार ४१, आँखीझ्यालमा ८०९ मत प्राप्त भएको छ ।

हालसम्म वडा नं १, २ ,३, ४ ,५, ६, ७, ३१ र ३२ को मतगणना भइरहेको छ । वडा नं. १ र २ को भने सम्पन्न भइसकेको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको वैशाख ३१ गते बिहानदेखि मतगणना कार्य जारी छ ।