• १२ वैशाख २०८१, बुधबार

मुसिकोट नगरमा एमालेका खरेल र श्रेष्ठ विजयी

blog

तिलाचन पाण्डे

तम्घास, जेठ ३ गते । गुल्मीको मुसिकोट नगरपालिकामा नेकपा एमालेका जीवन खरेल ७ हजार ३९९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६०६ मत प्राप्त गर्नुभएको छ । 

यस्तै, उपप्रमुखमा नेकपा एमालेकी गङ्गा श्रेष्ठले ७ हजार ११ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एकीकृत समाजवादीका श्रीराम महतले ६ हजार ३२३ मत  प्राप्त गर्नुभएको हो ।

यस नगरपालिकामा २०७४ को निर्वाचनमा पनि एमालेकै प्रमुख र उपप्रमुख हुनुहुन्थ्यो ।