• ६ वैशाख २०८१, बिहिबार

धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस निर्वाचित

blog

धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साह, धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवती मण्डल ।

लक्ष्मी चौधरी 

जनकपुरधाम, जेठ ३ गते । धनुषाको धनौजी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राजकुमार साह निर्वाचित हुनुभएको छ । 

जिल्लाको धनौजी गाउँपालिका अध्यक्षमा २ हजार २ सय ६२ मतले काँग्रेसका उम्मेदवार साह विजयी हुनुभएको हो । 

गाउँपालिका उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवार रावती देवी मण्डल विजयी हुनुभएको छ । उहाँ २ हजार ४ सय ३० मत प्राप्त गरी विजयी हुनुभएको हो ।  नवनिर्वाचित उपाध्यक्ष मण्डल २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत सोही पदमा निर्वाचित हुनुभएको थियो । 

गाउँपालिका अध्यक्ष साहका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट जीवेन्द्र झाले २ हजार १ सय ६३ मत प्राप्त गर्नुभएको थियो भने उपाध्यक्ष मण्डलका प्रतिद्वन्दी लोसपाकै रंजीता देवी मण्डले १ हजार ९०१ मत प्राप्त गर्नुभएको थियो ।  

सो गाउपालिका जम्मा पाँच वडा मध्ये तीन वडा नेपाली काँग्रेस प्यानलसहित विजयी भएको छ भने दुई वडामा लोसपा प्यानल विजयी भएको हो ।  

यस्तै वडा १ को अध्यक्षमा लोसपाका उम्मेदवार श्यामकिशोर साह, सदस्यमा पनि लोसपाकै उम्मेदवार नागेन्द्रप्रसाद, राम प्रवोध मण्डल, महिलामा रामरिसि देवी र दलित महिलामा विभाकुमारी तत्मा निर्वाचित हुनुभएको छ । 

यस्तै वडा २ को अध्यक्षमा लोसपाकै उम्मेदवार उदयकुमार साह, सदस्यमा पनि लोसपमाकै उम्मेदवार रोसनकुमार मिश्र, अलिअहमद नदाफ, महिलामा सन्जु कुमारी मण्डल र दलित महिलामा सोमादेवी पावान निर्वाचित हुनु भएको छ । 

यस्तै वडा ३ को अध्यक्षमा काँग्रेसका रामनारायण यादव, सदस्यमा पनि काँग्रेसकै दिनेश मुखिया विन, रोहितकुमार मुखिया, महिलामा रेखा कुमारी पंडीत र दलित महिलामा मिना देवी निर्वाचित हुनुभएको छ । 

यस्तै वडा ४ को अध्यक्षमा काँग्रेसकै रामसोभित मण्डल, सदस्यमा पनि काँग्रेसकै रामअशिष यादव, मोहन साह, महिलामा अमना खातुन, दलित महिलामा मन्जु देवी निर्वाचित हुनुभएको छ । 

यस्तै वडा ५ को अध्यक्षमा काँग्रेसकै याकुव कवारी, सदस्यमा पनि काँग्रेसकै विष्णुदेव मण्डल, रविन्द्र राउत, महिलामा प्रमशिला देवी र दलित महिलामा अनिता महरा निर्वाचित हुनुभएको छ । यसअघि पनि धनौजीमा काँग्रेसकै अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका थिए ।