• १६ चैत २०८०, शुक्रबार

त्रिपुरासुन्दरीमा काँग्रेसका भक्तध्वज र गीता विजयी

blog

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ ३ गते । त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली काँग्रेसका भत्तध्वज बोहरा र गीता नेपाल अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएको छ । 

नवनिर्वाचित बोहराले ४ हजार २२९ मत ल्याउनु भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका मेघनाथ पौडेलले ३ हजार २६७ मत ल्याउनुभयो । एमाओबादी केन्द्रका बिर्खबहादुर श्रेष्ठले १ हजार ८६२ मत ल्याउनु भएको छ ।

उपाध्यक्षमा निर्वाचित गीता कुमारी नेपालले ४ हजार १५६ मत ल्याउनु भएको छ । उहाँकी निकटतम प्रतिदन्द्धी एमालेकी सबिता श्रेष्ठले ३ हजार ८८९ मत र एमाओबादीकी मिना लामाले १ हजार २०३ मत ल्याउनु भएको छ । 

त्यस्तै, वडा १ काँग्रेसका सीताराम थापा, २ मा काँग्रेसका रमेश राउत, ३ मा एमालेका शिवकुमार कार्की, ४ माकाँग्रेसका टेक बहादुर गुभाजु‘बिजय’, ५ मा काँग्रेसका यादव श्रेष्ठ र ६ मा काँग्रेसका रमेश बोहरा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।  

त्रिपुरासुन्दरी गापा अध्यक्ष भत्तध्वज बोहरा र उपाध्यक्ष गीता कुमारी नेपाल ।