• १३ वैशाख २०८१, बिहिबार

मर्यादित लोेकतान्त्रिक अभ्यासका लागि स्थायित्वको पक्ष अनिवार्य – महासचिव पोखरेल

blog

गाेरखापत्र अनलाइन

काठमाडाैं, जेठ ३ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतान्त्रिक अभ्यासलाई मर्यादित बनाउन लोकतन्त्रको स्थायित्व अनिवार्य पक्ष रहेको बताउनुभएको छ । 

स्वर्गीय जननेता मदन भण्डारी र जीवराम आश्रितको २९ औं स्मृति दिवसमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले मर्यादित लोकतन्त्रका लागि जुन प्रकारको कमी छ त्यसलाई मनन गर्दै स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

मदन–आश्रितप्रति श्रद्धासुमन व्यक्त गर्नुहुदै “२०४९ सालसम्म जुन प्रकारको संशोधन प्रस्ताव जननेता मदन भण्डारीले गर्नुभएको थियो, २०५४ सालमा स्वायत्त शाषण विधेयकको माध्यमबाट  स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने काम ग¥यौं”, उहाँले भन्नुभयो, “यसलाई जनताको भरोसायोग्य बनाउने कुरामा एमालेले खेलेको भूमिकामा भण्डारीकोयोगदान छ ।”

लोकतन्त्रको स्थायित्व र विकासका लागि पनि यो महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । 

स्थानीय निर्वाचन विभिन्न ढंगले प्रभावित पार्न खोजिएको भन्नुहुदै उहाँले प्राविधिक रुपमा गठबन्धन बलियो देखिए पनि जनमतको हिसाबले एमाले पहिलो भएको उहाँले बताउनुभयो । 

एमालेसँग एक्लै मुकमबिला गर्ने आँट कसैसँग नभएको र चुनावबाट पनि यो प्रमाणित भएको उहाँले बताउनुभयो ।