• २८ पुस २०८१, आइतबार

नवलपुरमा ४५ प्रतशित मुद्दा सम्बन्ध विच्छेदका

blog

नवलपुर जिल्ला अदालत।

बोमलाल गिरी

नवलपुर, कात्तिक ३० गते। नवलपुर जिल्लामा सम्बन्ध विच्छेदका मुद्दा वृद्धि भएको छ।जिल्ला अदालतमा दर्ता भएकामध्ये ४५ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतका स्रस्तेतार गम्भीर घिमिरेले जानकारी दिनुभयो।

उहाँका अनुसार चालु आर्थिक वर्षको कात्तिक २८ गतेसम्म अदालतमा ८ सय ५८ वटा मुद्दा दर्ता भएकोमा सम्बन्ध विच्छेदका मात्र २१३ वटा छन्।त्यसमध्ये सम्बन्ध विच्छेदका एक सय ५७, अंश जोडिएका १९ मानाचामल जोडिएका एक र पुरुषवादी भइ दायर भएका ३६ थान मुद्दा रहेको घिमिरेले जानकारी दिनुभयो।

अघिल्लो आर्थिक वर्षमा एक हजार ३ सय ६८ मुद्दा दर्ता भएकामा पाँच सय २४ वटा मुद्दा सम्बन्ध विच्छेदका थिए।जसमध्ये ४ सय ७६ वटा फस्र्यौट भएका थिए भने तीन सय ५८ वटा मुद्धामा मिलामत्र गरिएको थियो।

आर्थिक वर्ष २०७९/०८० मा एक हजार एक सय ७९ थान मुद्दा दर्ता भएकोमा सम्बन्ध विच्छेदका मुद्दा ४ सय ७१ थिए।ती मुद्दामध्ये ४ सय ७१ वटा फस्र्यौट भएका अदालतका श्रेष्तेदार घिमिरेले जानकारी दिनुभयो।

यसरी सम्बन्ध विच्देछका मुद्धा बढ्नुमा बैदेशिक रोजगारी प्रमुख कारण रहेको जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीले जानकारी दिनुभयो।त्यसबाहेक परिवार भित्रको कलह, आर्थिक विपन्नता, पढाई अनुसार रोजगारी नपाउनु, छिटो विवाह, सामाजिक सञ्जाल आदि पनि सम्बन्ध विच्छेदक कारण रहेको न्यायाधीश ज्ञवालीले बताउनुभयो।

श्रीमान श्रीमतीले सकेसम्म मिलापत्र गराउने हेतुले अदालतले यस्ता मुद्दालाई तत्काल फैसला नगरेर सकेसम्म ‘कुलिङ पिरियड’मा राख्ने गरेको ज्ञवालीको भनाइ छ।यसैगरी सम्बन्ध विच्छेद बढ्दै जाने हो भने समाज कता तिर जाला भन्ने चिन्ता थपिएको ज्ञवालीले बताउनुभयो।