• २८ पुस २०८१, आइतबार

‘चीन भ्रमणको प्रारम्भिक तयारी भइरहेको छ’

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा।तस्बिर : कृतबहादुर विष्ट

अविनाश चौधरी/कृतबहादुर विष्ट

धनगढी, कात्तिक ३० गते। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणको प्रारम्भिक तयारी सुरु भएको बताउनुभएको छ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढी विमानलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भ्रमणको तयारी भइरहेको बताउनुभएको हो।उहाँले भ्रमणका लागि प्रारम्भिक एजेण्डा बनाइरहेको जनाउँदै आफू काठमाडौँ फर्केपछि प्रधानमन्त्रीसँग बसेर कुनकुन कुरा अगाडि बढाउने भनेर निर्णय गर्ने उल्लेख गर्नुभयो।“चीनसँग कुनकुन सम्झौता भएका छन् र ती सम्झौता कहाँ पुगे भनेर अपडेट गर्ने कार्य भएको छ”, परराष्ट्र मन्त्री राणाले भन्नुभयो,“मेरो मन्त्रालयले पनि यसमा होमवर्क गरिरहेको छ ।”

चीन र भारत नेपालको महान छिमेकी रहेको उल्लेख गर्दै उहाँले यी दुई ठुला राष्ट्रसँग नेपालको सम्बन्ध परापूर्वकालदेखि रहेको बताउनुभएको छ।चीन भ्रमणको प्रारम्भिक तयारी भइरहेको जानकारी दिँदै उहाँले चीनपछि भारत भ्रमण गर्ने बताउनुभयो।

यसैगरी, पत्रकारको एक जिज्ञासाको जवाफमा मन्त्री देउवाले दुई ठुला प्रतिस्पर्धी दलको सरकारलाई स्थिर रुपमा अगाडि बढाउन संयन्त्र गठन भएको बताउनुभयो।यस्तै, गेटा मेडिकल कलेजलाई सही ढङ्गले अगाडि बढाउनका लागि स्वास्थ्य र शिक्षा मन्त्रालयले रणनीति बनाउने कार्य गरिरहेको परराष्ट्र मन्त्री देउवाको भनाइ थियो ।

 उहाँले डडेलधुरास्थित उग्रतारा मन्दिरमा आयोजना हुने उग्रतारा मेलामा सहभागी हुनका लागि आफू आएको बताउनुभयो।