• १६ चैत २०८०, शुक्रबार

भरतपुर महानगरपालिकामा पुनः दाहालको अग्रता

blog

चितवन, जेठ २ गते । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ। 

पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले पाँच हजार ६६ मतका साथ अग्रता लिनुभएको हो।

नेकपा एमालेका विजय सुवेदीले पाँच हजार ५६ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ३७९ मत प्राप्त गर्नुभयो। 

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ८३ मत पाउनुभएको छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङ्ले चार हजार ६९ मत पाउनुभएको छ।