• १५ वैशाख २०८१, शनिबार

ललितपुर महानगरको दुई वडामा एस र एकमा स्वतन्त्र उम्मेदवार विजयी

blog

काठमाडौं, जेठ २ गते। ललितपुर महानगरपालिकाको वडा नम्बर २ र वडा नम्बर ३ मा नेकपा .एकीकृत समाजवादी) का उम्मेदवार विजयी हुनुभएको छ। 

ललितपुरको मतगणनास्थलबाट प्राप्त जानकारी अनुसार वडा नम्बर २ मा एकीकृत समाजवादीका राजेश महर्जन १८ सय ३० मतसहित विजयी हुनुभएको हो। उहाँको प्रतिस्पर्धी राजनीतिक दलहरु नेकपा (एमाले) को पक्षमा ६०४, नेपाली कांग्रेसको ५६० र नेकपा (माओवादी केन्द्र) को पक्षमा ४७ मत प्राप्त भएको छ। 

वडा नम्बर ३ मा एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवार श्रीगोपाल महर्जन एक हजार ८० मत प्राप्त गर्नुभएको छ। सो पदमा कांग्रेसको उम्मेदवारको पक्षमा ६२३ र एमालेको २७५ मत खसेको छ। 

यसैगरी,  वडा नं। १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी हुनुभएको छ। निर्वाचन चिन्ह “पुतली” रहनुभएका तण्डुकारले ६६१ मत प्राप्त गनुहुँदा कांग्रेसका उम्मेदवारको ४२५ र एमालेको पक्षमा ३५१ मत प्राप्त भएको हो। 

यो मुख्य निर्वाचन अधिकृत कार्यालय, ललितपुरबाट आधिकारिक घोषणा हुन भने बाँकी छ।