• ११ पुस २०८१, बिहिबार

काठमाडौँमा घन्कियो ‘कन्दरा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २६ गते । कन्दरा ब्यान्डले काठमाडौँमा ऐतिहासिक कन्सर्ट गर्दै साङ्गीतिक विरासतको ३२ औँ वर्षगाँठ मनाएको छ । शनिबार काठमाडौँ ‘कलिङ कन्दरा’ नाम दिइएको कन्सर्टमा हजारौँ दर्शकले उत्साहपूर्ण सहभागिता जनाएका थिए । कन्सर्टमा फरक उमेर समूहका सहभागीले ब्यान्डका हरेक गीतमा गाएर साथ दिएका थिए ।

कन्दरा कन्सर्टको आरम्भ गायक देवेन्द्र बब्लु र फिरन्तेको साङ्गीतिक प्रस्तुतिबाट भएको थियो, जसमा परम्परागत र आधुनिक सङ्गीतको ‘फ्युजन’ थियो । 

कन्दरा गायक विवेक श्रेष्ठ, गितारवादक देव लामा, बेसिस्ट पङ्कज झा, ड्रर्मर सुनील थापा, मादलवादक अविनाश गायक र किबोर्डवादक नील घतानीले सशक्त प्रस्तुति दिनुभएको थियो । आफ्ना गीतसँगै कन्दराले गोपाल योञ्जन, रञ्जित गजमेरलगायत पुराना पुस्ताका गीतसमेत गाएर आधुनिक तथा लोकस्रष्टामा सम्मानसमेत प्रस्तुत गरेको थियो । कन्सर्टमा गायक श्रेष्ठले काठमाडौँमा पहिलो पटक प्रस्तुति दिनु सपना साकार हुनु जस्तै रहेको बताउनुभयो ।