• १० मंसिर २०८१, सोमबार

फोटो पत्रकार समूहमा पुनः वन्त

blog

एनएफपिजेका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु । तस्विरः मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौँ, कात्तिक २४ गते । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) मा पुनः प्रदीपराज वन्त अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको १३ औ केन्द्रीय महाधिवेशन तथा २७ औँ वार्षिक साधारण सभाबाट अध्यक्ष पदका लागि वन्त निर्वाचित हुनुभएको हो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा एलवि (सागर श्रेष्ठ), महिला उपाध्यक्ष चन्द्रकला श्रेष्ठ, उपाध्यक्ष नारायणबहादुर सिलवाल, उपाध्यक्ष सुनिल शर्मा, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई, कोषाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

त्यस्तै सदस्य पदमा क्रमशः मुकुन्दबहादुर कालिकोटे, हरिशसिं नागल, रमिता छुँजु, दीपेन्द्र महर्जन, अनुप प्रधान, सागर बस्नेत र शङ्कर भुजेल निर्वाचित हुनु भएको छ ।