• १० मंसिर २०८१, सोमबार

सकियो चलचित्र ‘ऊनको स्विटर’को छायाँकन

blog

ऊनको स्विटर चलचित्र छायाँकन स्थलमा भेटिएका स्थानीय । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, कात्तिक १९गते ।
 नेपाली चलचित्र ‘ऊनको स्विटर’ को छायाङ्कनको काम सकिएको छ । छायाङ्कनको काम अन्तिम चरणमा पुगेको निर्देशक फुङ्सो जवेगूले बताउनुभयो ।

उक्त चलचित्र ‘ऊनको स्विटर’ को छायाङ्कनका पाँचथरको फिदिम, फालेलुङ र फाल्गुननन्दका विभिन्न स्थानमा गरिएको उहाँको भनाइ छ ।

‘‘सुटिङ युनिट केही दिन अघिसम्म फिदिमै हुनुहुन्थ्यो । तर तिहार सुरु भएसँगै काम सकेर उहाँहरू फर्किनुभयो । अब सम्पादनको काम सुरु हुन्छ ।,’’ उहाँले भन्नुभयो ।

उक्त चलचित्र छायाङ्कनका लागि विपिन कार्की र अभिनेत्री मिरुना मगरसहित ४२ जनाको टोली दसैँ सकिएलगत्तै पाँचथर आइपुगेका थिए ।

चलचित्रमा स्थानीय संस्कार, संस्कृति, भेषभुषा, लवज, खानपान र रहनसहनसँगै माया प्रेमको कथा समेटिएको निर्माता आर्टमाण्डु नेपालले जनाएको छ ।