• १२ पुस २०८१, शुक्रबार

साहित्यकार सरोज ओलीको निधन

blog

साहित्यकार सरोज ओली ।

लीलाराज खड्का 

बिर्तामोड, कात्तिक १६ गते  । झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ ।अर्जुनधारा ८ निवासी ओलीको शुक्रबार दिउँसो ३.५७ बजे आफ्नै निवासमा निधन भएको हो । साहित्य लेखनमा चर्चित ओलीले २०५३ र २०७२ मा गरी दुई पटक राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको थियो । 

त्यस्तै, तीन वर्षअघि अर्जुनधारा नगरपालिकाले ओलीलाई दीर्घ साहित्य सेवा पुरस्कारबाट सम्मानित गरेको थियो । ओलीका १६ वटा साहित्यिक कृति प्रकाशित छन् । निबन्ध सङ्ग्रह, कविता सङ्ग्रह, उपन्यास र कथा सङ्ग्रह प्रकाशित छन् । ओली नेपाल प्रगतिशील लेखक सङ्घको केन्द्रीय सदस्य र झापा अध्यक्ष रहनुभएको थियो ।

साहित्यकार ओलीले शनिश्चरे माध्यमिक विद्यालयमा ३३ वर्षसम्म अध्यापन गर्नुभएको थियो । सेवानिवृत्त भएपछि पनि शनिश्चरे माविको व्यवस्थापन समितिको अध्यक्ष तथा  शनिश्चरे बहुमुखी क्याम्पसको  संस्थापक अध्यक्ष रहनुभएको थियो । 

सुगर र प्रेसर रोगबाट पीडित ओलीलाई पछिल्लो पटक निमोनिया भएको थियो । उपचारका क्रममा  बीएण्डसी अस्पताल बिर्तामोडमा ओलीको मृत्यु भएको परिवारजनले बताउनुभएको छ । ओलीका दुई छोरा र एक छोरी हुनुहुन्छ ।