• २८ कात्तिक २०८१, बुधबार

सिटौला र खड्का किड क्विन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १४ गते । नेप्लिज फेसन होम र फाइट फर लाइफद्वारा राजधानीमा सम्पन्न किड क्विन नेपाल २०२४ मा काठमाडौँ भ्याली स्कुलकी सारिका सिटौला र भ्याली भ्यु स्कुलकी भाग्यश्री खड्का (जुनियर) ले ३८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुम्नुभएको छ । 

उपाधि जित्ने क्रममा उहाँहरू मिस फोटोजेनिक पनि बन्न सफल हुनुभयो । काठमाडौँ भ्याली स्कुलकी जेसिका श्रेष्ठ र सभ्यता पाठशालाकी काभ्या शिवाकोटी (जुनियर) उपविजेता बन्न सफल हुनुभयो । यसै गरी मेधा सेकेन्डरी स्कुलकी सृष्टि रञ्जितकार र हिमालय वल्ड्रफ स्कुलकी अज्ना आचार्य (जुनियर) द्वितीय विजेता बन्नुभयो । कलाकार मदनदास श्रेष्ठको सभापतित्व तथा बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकको प्रमुख आतिथ्यमा प्रतियोगितासम्पन्न भएको थियो ।