• १३ साउन २०८१, आइतबार

महाकालीमा एमालेका उम्मेदवार विजयी

blog

लोकेन्द्र जोशी

दार्चुला, जेठ १ गते । दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवारहरु विजयी भएका छन् । नगर प्रमुखमा एमालेका नरसिंह चैसीरले पाँच हजार १३ मत र उपप्रमुखमा दुर्गा बिष्टले चार हजार ६२६ मतसहित विजयी हुनुभएको हो ।

चैसीरसँग पराजित हुनुभएका गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार हंशराज भट्टले तीन हजार ८८७ मत प्राप्त गर्नुभयो । उपमेयरमा विजयी बिष्टसँग पराजित गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार सुना बोहराले चार हजार १८२ मत प्राप्त गर्नुभयो । 

पराजित भट्टसँग चैसीर २०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी हुनुभएको थियो । अहिले चैसीरसँग भट्ट पराजित हुनुभयो । काँग्रेसको गढका रुपमा चिनिएको महाकाली नगरपालिकामा विजय हासिल हुनुलाई एमालेले उपलब्धिको रुपमा हेरेको छ ।  

महाकाली नगरपालिका–१ मा एमालेका मोहनसिह महरा ७२७ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर २ मा एमालेकै शंकरसिह डोबाल ५०९ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ३ मा काँग्रेसका पदमसिंह महरा ६०४ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ४ मा एमालेका जगत चुनारा २५८ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

वडा नम्बर ५ मा एमालेका दिलेन्द्रप्रसाद अवस्थी ५१० मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ६ मा कांग्रेसका प्रेमबहादुर पाल ४४८ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ७ मा एमालेका शोभानसिह रैखोला ४४८ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ८ मा एमालेका भवानसिह धामी ५५४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । 

त्यस्तै, वडा नम्बर ९ मा काँग्रेसका गजेन्द्रसिह कार्की ६९० मत प्राप्त गर्दै विजयी हुनुभयो । नौँ वडा रहेको महाकाली नगरपालिकामा ६ वडामा एमाले र तीन वडामा काँग्रेसले विजय प्राप्त गरेको छ ।