• ६ वैशाख २०८१, बिहिबार

त्रिभुवन विश्वविद्यालयले दुई दिन सार्वजनिक बिदा नदिने

blog

काठमाडौं, जेठ १  गते । त्रिभुवन विश्वविद्यालय (त्रीवी )ले दुई दिन सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । 

त्रीवीको सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना निकाल्दै विद्यार्थीको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवालाई नियमित रुपमा सञ्चालन गर्ने जनाएको हो । 

सूचनामा विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिका पहिले नै निर्धारण भइसकेको हुँदा अर्को सूचना जारी नभएसम्म विश्वविद्यालयका सेवा सञ्चालन गर्ने उल्लेख छ । 

मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णय अनुसार गृह मन्त्रालयले चैत २६ गते नेपाल राजपत्रको सूचनामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

हप्तामा दुई दिन विदा कार्यान्वयन भएपछि कार्यालय समय भने सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० देखि ५ः३० सम्म तोकेको छ । सरकारले कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यलय समय ९ः३० देखि ४ः३० सम्म तोकेको छ । 

यस्तै, सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिइने राजप्रत्रमा उल्लेख छ ।