• ५ कात्तिक २०८१, सोमबार

पहिरोले पाँचथरका २१ विद्यालयमा क्षति

blog

असोज १२ गते गएको पहिरोले क्षति पुर्‍याएको फिदिम ६ स्थित काफलबोटे आधारभुत विद्यालय । तस्बिर : राधा लुइटेल

राधा लुइँटेल
फिदिम, कात्तिक ५ गते ।
गते असोज ११ र १२ गते आएको बाढी र पहिरोले पाँचथर जिल्लाका २१ वटा विद्यालयमा क्षति पुगेकोे छ । शिक्षा तथा समन्वय एकाइ पाँचथरले २१ विद्यालयमा क्षति भएको तथ्याङ्क सङ्कलन गरेको हो ।

२१ मध्ये ८ वटा विद्यालय उच्च जोखिममा रहनुका साथै पठनपाठन गर्न नसक्ने अवस्थामा रहेको शिक्षा विकास तथा समन्वय इएकाइ पाँचथरका प्रमुख युगमणि सवेहाङले बताउनुभयो । सवेहाङका अनुसार सबैभन्दा धेरै क्षति तुम्बेवा गाउँपालिकाका विद्यालयहरुमा पुगेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्क अनुसार कुम्मायकको सिंहबाहिनी आवि, फिदिम ९ को लुम्फावुङ आवि, फिदिम ७ को कालिका आवि, फालेलुङ ३ को सिंहकाली आवि, तुम्वेवा ४ को सुनगाभा आवि, तुम्वेवा १ को सिंहवाहिनी आवि, कुम्मायक १ को खाल्डे आवि, फाल्गुनन्द ४ को पैयाबोटे आवि, फिदिम १२को युवराज आवि, फिदिम ६ को काफलबोटे आवि, फालेलुङ २ को मोतीराम मावि, फालेलुङ ५को सिंहबाहिनी आवि, फालेलुङ ६ को दीपज्योति आवि, फालेलुङ ४ को बाह्रबिसे आवि, फालेलुङ ४ कै मेमेङ मावि, तुम्वेवा ३ को इन्द्रायणी मावि, तुम्वेवा २ को त्रिवेणी आवि, तुम्वेवा ४ को धुवाखोला आवि, तुम्वेवा १ को सरस्वती मावि, तुम्वेवा ३ को पञ्चमी आवि र तुम्वेवा ४ को अग्निका सिं आविमा बाढी पहिरोले क्षति पुर्‍याएको हो । क्षतिग्रस्तमध्ये आठवटा विद्यालय भवन निर्माण नभएसम्म पठनपाठन गर्न सकिने अवस्था छैन ।