• ९ वैशाख २०८२, मङ्गलबार

डोटी बडीकेदार गाउँपालिकामा काँग्रेसका साउद निर्वाचित

blog

डिलबहादुर सिंह

डाेटी, जेठ १ गते । डोटीको बडीकेदार गाउँपालिकामा नेपाली काँग्रेसका भैरवबहादुर साउद निर्वाचित हुनुभएको छ । अध्यक्ष पदमा निर्वाचित साउदले २ हजार ३४३ मत प्राप्त गर्नुभएको छ । साउदका निकटम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चक्रबहादुर घर्तीमगरले १ हजार ६८४ मत प्राप्त गर्नुभएको छ । 

उपाध्यक्ष पदमा नेपाली काँग्रेसकै डम्मरीकुमारी बिष्ट २ हजार ४०७ मत ल्याएर निर्वाचित हुनुभएको छ । बिष्टकी प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सपना सिराडीले २ हजार २७६ मत प्राप्त गर्नुभएको छ । 

बडीकेदार गाउँपालिकामा पाँच वडा रहेका छन् । गाउँपालिकाको वडा नंं १ मा नेपाली काँग्रेसका डवल बहादुर बोहरा, २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रेमबहादुर घर्तीमगर, ३ मा  नेपाली काँग्रेसका रामबहादुर गुरुङ, ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कर्णबहादुर जेठारा र वडा नं ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कै पदमसिंह बोहरा वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।