• ११ वैशाख २०८१, मङ्गलबार

थप दुई जना सङ्क्रमित

blog

काठमाडौं, वैशाख ३१ गते । पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार १२७ जनाको पीसीआर परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, १२७ जनाको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमणदर शून्य छ ।

२४ घण्टामा १६ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५० जना छन् ।