• ३० असोज २०८१, बुधबार

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भगवतीको दर्शन तथा पूजा

blog

भक्तपुरस्थित् नवदुर्गा भगवतीको मन्दिर क्षेत्रमा दक्षिणा गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिरः राष्ट्रपति कार्यालय

भक्तपुर, असोज ३० गते। राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ। 

बडा दसैँको अन्तिम दिन अर्थात् बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजाअर्चना गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। उहाँको साथमा प्रथम महिला सविता पौडेलसमेत भक्तपुर पुग्नुभएको थियो।

दसैँको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ। यसअघि राष्ट्रपति पौडेलले विभिन्न शक्तिपीठको दर्शन गरी पूजाअर्चना गर्नुभएको थियो।