• १६ भदौ २०८१, आइतबार

अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघको निन्दा

blog

संयुक्त राष्ट्रसंघ, वैशाख ३१ गते । अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेको छ । अल जाजिराका पत्रकार सिरिन अबु अकलेहको गत बुधबार हत्या भएको थियो । इजरायली सेनाको कारबाहीको समाचार सङ्कलन गरिरहेका बेला उनको गोली हानी हत्या भएको थियो ।

उनका अर्का एकजना साथी सो गोली प्रहारबाट गम्भीर रुपमा घाइते भएका छन् । जेलिनमा इजरायली सैनिकले गरेको अपरेसनको समाचार सङ्कलन गरिरहेका बेला जेलिनमा उनको हत्या भएको थियो । त्यस हत्याको कडा शब्दमा निन्दा गर्दै यस हत्यामा संलग्नहरुलाई कारबाही गर्न माग गरिएको छ । समाचार सङकलनका लागि खट्ने पत्रकारको सुरक्षा हुनुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ ।