• १३ साउन २०८१, आइतबार

कुमाख गाउँपालिका– ७ मा माओवादीको प्यानल विजयी

blog

सल्यान, वैशाख ३१ गते । कुमाख गाउँपालिका वडा नम्बर ७ मा नेकपा (माओवादी केन्द्र)का डम्बर शाही विजयी हुनुभएको छ । 

शाहीले ६४३ मत लिई विजयी भएका हुन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस–एमाले गठबन्धनका उम्मेदवार एमालेका उम्मेदवार कवि चन्दले ५९५ मत प्राप्त गर्नुभयो । त्यसैगरी महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

वडा नंम्बर ७ मा कुल मतदाता एक हजार ९८९ मध्ये एक हजार ३३८ मत खसेको थियो । 


Author

प्रतिक शर्मा