• १३ साउन २०८१, आइतबार

अमरगढी नगरपालिकामा काँग्रेसको अग्रता

blog

क्याप्सन: जिल्ला अदालत डडेल्धुरामा अमरगढी नगरपालिकाको मतगणना हुदै । तस्बिर :हिक्मत सिंह

डडेल्धुरा वैशाख ३१ गते । स्थानीय तह निर्वाचनको मतगणना कार्य शुक्रबार रातीदेखि सञ्चालन भएको छ । जिल्लाको अमरगढी नगरपालिका डडेल्धुरामा नेपाली काँग्रेसले नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षसहित प्यानलले अग्रता लिएको छ । 

अमरगढी नगरपालिका – १ को ७०५ मत गणना हुँदा सम्म नगरप्रमुखमा नेपाली काँग्रेस ३२०, नेपाली काँग्रेस बीपी २८४, नेकपा माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादी ७ मत छ । अमरगढी नगरपालिकामा नेपाली काग्रेस र नेपाली कांग्रेस (विपी) बिच प्रतिष्पर्धा रहेको छ । 

ययैगरी परशुराम नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । परशुराम नगरपालिका – १ को मतगणनामा नेकपा माओवादी केन्द्रको नगरप्रमुखमा ४५३, नेपाली काँग्रेस ४२६ र नेकपा एमाले २३० मत आफ्नो पक्षमा पार्न सफल भएको छ । 

जिल्लाका सात स्थानीय तहमा अजयमेरु गाउँपालिका बाहेक ६ वटा स्थानीय तहमा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंज्ञानीले बताउनुभयो । 

Author

हिक्मत सिंह