• १३ साउन २०८१, आइतबार

स्याङ्जाको हरिनास १ मा काँग्रेसका गुरुङ बिजयी ।

blog

वालिङ, बैशाखा ३१ गते । हरिनास १ मा नेपाली काँग्रेसका इन्द्रबहादुर गुरुङ वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले ८०४ मत ल्याउनुभएको छ भने नेकपा (एमाले)का मिलनराज श्रेष्ठले ५४२ मत ल्याउनु भएको छ । यो पालिकामा काँग्रेस र माओवादी केन्द्रबीच पूर्ण रुपमा गठबन्ध्न भएको छ । 

त्यस्तै सदस्यहरुमा गठबन्धनका तर्फबाट लक्ष्मी बिक ८२३,देवीमाया दर्जी ८०९, तेज बहादुर थापा ७६५ र प्रेम बहादुर मानन्धर ८०३ मत ल्याई विजयी हुनुभएको छ । 

यस्तै पालिका अध्यक्ष उपाध्यक्षमा पनि गठबन्धन कै अग्रता. छ । गठबन्धनका तर्फबाट अध्यक्षमा काँग्रेसले ८३१ मत र एमालेले ५१८ मत ल्याएको हो । अन्य वडाको गण्ना चल्दै छ । 




Author

राधाकृष्ण डुम्रे