• १३ साउन २०८१, आइतबार

हेटौँडासहित पाँच पालिकामा मतगणना सुरु

blog

तस्विरः हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माविमा मतगणना गर्दै । तस्विरः राममणि दाहाल

हेटौँडा, वैशाख ३१ गते । मकवानपुरमा शुक्रबार सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको मतगणना शनिबार विहानबाट सुरु भएको हो । 

हेटौँडा उपमहानगरपालिकाको वडा नं. १, २, १८ र १९ मा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका र मनहरी गाउँपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार तथा इन्द्रसरोवर गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका र मनहरी गाउँपालिकामा मतगणना जारी छ ।

हेटौँडा उपमहानगरपालिकाको मतगणना हेटौँडा २ स्थित सिद्धार्थ माविको भवनमा भइरहेको छ । हेटौँडा उपमहानगरपालिकामा कुद मतदाता एक लाख चार हजार ४७३ रहेकोमा ७३ हजार ४१४ मत खसेको थियो । 

जिल्लाको १० वटै पालिकामा रहेको मतगणनास्थलमा तारजालीसहित सुरक्षा व्यवस्था कडा गरिएको छ ।

Author

राममणि दाहाल