• २२ असोज २०८१, मङ्गलबार

खत्याड गाउँपालिकामा १० जना गाउँपालिका प्रहरी दीक्षित

blog

जुम्लाको राजासिममा खत्याडका गाउँ प्रहरी दीक्षान्त समारोहमा । तस्बिर : नेत्र शाही

नेत्र शाही 

जुम्ला, असोज २२ गते । मुगुको खत्याड गाउँपालिकाले नगर (गाउँ) प्रहरी भर्ना गरेको छ । गाउँपालिकाको सरसफाइ, शान्ति सुरक्षा तथा अन्य विभिन्न कामका लागि १० जना नगर (गाउँ) प्रहरी दीक्षित भएका छन् । 

गाउँपालिकाले भर्ना गरेको प्रहरीलाई सशस्त्र प्रहरी बल हेडक्वाटर नं ३३ त्रिपुरा गण जुम्लाले उनीहरूलाई दीक्षित गरेको हो । प्रहरी उपरीक्षक लालबहादुर शाहीका अनुसार गाउँपालिका प्रहरी हवलदार जगतबहादुर डांगरको नेतृत्वमा १० जनालाई एक महिनाको तालिम सम्पन्न गरेर दीक्षित गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ भदौ १७ गते बाट सुरु भएको तालिम २०८१ असोज २२ गते जुम्लामा अन्तिम दीक्षान्त समारोह गरेर सम्पन्न भएको हो  

गाउँपालिकाका अनुसार गाउँपालिका हवलदार जगतबहादुर डांगरसँगै गाउँ प्रहरी जवानमा दानबहादुर शाही, जीवन बुढा, कविता भण्डारी, टिका प्रसाद जैसी, धनेन्द्र विमल शाही, एकराज थापा, वीरसिंह थापा, झुपुल्ली वानिया रहेका छन् । उनीहरूलाई जम्मा २०० पूर्णाङ्क मध्य सैद्धान्तिक १०० र व्यवहारिक १०० पूर्णाङ्कको तालिम भएको थियो। 

गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले सशस्त्र प्रहरी बल ३३ नम्बर गणले तालिम दिएर १० जना जवानलाई दक्ष बनाइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्दै गाउँपालिका युवालाई रोजगार दिने उद्देश्य र गाउँपालिकाको शान्ति सुरक्षा, सरसफाइमा जोड दिन आवश्यक रहेको छ । उहाँले गाउँ प्रहरीले खत्याडमा विभिन्न प्रकारका बेतिथिको अन्त्यका लागि सहयोग गर्नेमा जोड दिनुभयो । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले गाउँ प्रहरी उत्पादन गर्ने खत्याड गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँका अनुसार अब गाउँ प्रहरी जवानले गाउँपालिकाको कार्यविरण अनुसार काम गर्न निर्देशन दिनुभयो । उहाँले गाउँपालिकाले पनि प्रहरीको आगामी वृत्ति विकासमा जोड दिने अपेक्षा गरिएको छ । 

यस अगाडि जुम्लाको चन्दननाथ नगरपालिकाले पनि नगर प्रहरी भर्ना गरी तालिम गरेको छ ।