• १२ साउन २०८१, शनिबार

माया विश्वास, सम्मान र समर्पण हो : शताब्दीपुरुष जोशी

blog

शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशी १०३ औं वर्षमा प्रवेश ।

काठमाडौं, वैशाख ३० गते । शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशी शुक्रबार आफ्नो १०३ औं वर्षमा प्रवेश गर्नुभएको छ । जोशीका अनुसार आज उहाँको नागरिकता अनुसारको जन्मदिन हो । उहाँको तिथि अनुसारको जन्मदिन भने नवमीको दिन परेको छ । 

स्थानीय तहको निर्वाचनको दिन जन्मदिन परेकाले आफ्नो परिवारका सदस्यबीच मात्र जोशीको जन्मदिन मनाइएको हो । यसअघि भने ललितपुर महानगरपालिकाले जोशीको जन्मोत्सवमा र्‍याली नै निकालेको थियो । 

आफ्नो जन्मोत्सवको सन्दर्भमा जोशी भन्नुहुन्छ, “माया माया हो । यो भावना मात्र होइन, यो व्यवहार, विश्वास, सम्मान अनि समर्पण हो । माया मनमा भएर मात्र हुँदैन, व्यवहारमा लागू हुनुपर्छ । शायद माया भन्ने शब्द नभएको भए संसार सम्भव हुने थिएन । माया मै अडिएको छ दुनियाँ । म सय वर्ष बाँच्नुको पछाडि पनि मायाको साथ छ । माया रोकियो भने संसार रोकिन्छ । सबथोक माया हो । यसको बयान गर्नै सकिन्न ।”