• २२ पुस २०८१, सोमबार

संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैनः गृहमन्त्री लेखक

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री रमेश लेखक ।

काठमाडौं, असोज ६ गते।  गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ। 

आइतवार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।  

उहाँले संविधान परिमार्जनको कुरा उठाउँदा कोही पनि आत्तिनुपर्ने, तर्सिनुपर्ने, झस्किनुपर्ने कुरा नरहेको बताउनुभयो।  उहाँले संविधान स्वयंले धारा २६५ मा १० वर्षपछि समीक्षा गर् भनेको भन्दै १० वर्षको अभ्यासमा देखिएका समस्या, सवाल र जटिलतालाई सहज बनाउन संशोधन गर्नुपर्ने बताउनुभयो।  

उहाँले राष्ट्रिय स्तरमा वार्ता, संवाद, छलफल गरी व्यापक छलफल, अन्तरक्रिया र राजनीतिक दलका बीचमा छलफल गरी संविधानलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो।  

उहाँले संविधान संशोधनको विषय कुनै एउटा पार्टीको कार्यालयमा बसेर संविधान संशोधन भयो भनेर घोषणा गर्ने र दुई पार्टीले टुँडिखेलमा उभिएर घोषणा गर्ने विषय नभएको बताउनु भयो।  एउटा सार्थक र परिणामुखी अन्तरक्रिया, संवाद गरेर सहकार्य गरेर संविधानमा परिमार्जन हुने बताउनुभयो।  

गृहमन्त्री लेखकले वर्तमान संविधानको उपलब्धि महत्त्वपूर्ण रहेको र उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभयो।