• १९ असोज २०८१, शनिबार

न्युक्यासलमाथि सिटीको सानदार जित

blog

न्युक्यासलविरुद्ध हेडिङ गर्दै सिटीका रहिम स्टर्लिङ । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख २६ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीले न्युक्यासलमाथि सानदार जित निकालेको छ । घरलु मैदानमा आइतबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ५–०  गोलले हरायो । 

सिटीको सानदार जितमा रहिम स्टर्लिङले दुई गोल गर्नुभयो । एमरिक लापोर्टे, रोड्री  र फिल फोडनले गोल गर्नुभयो । जितसँगै सिटीले शींर्षस्थानमा तीन अंकको अग्रता लिएको छ । स्टर्लिङले १९औँ मिनेटमा हेड गोल गर्दै सिटीलाई अग्रता दिलाउनुभयो । एमरिक लापोर्टेले ३८औँ मिनेटमा गोल गद्र्रै सिटीको अग्रता दोब्बर बनाउनुभयो । 

६१औँ रोड्रीले हेड गोल गर्नुभयो । ९०औँ मिनेटमा फिल फोडनले गोल फरगर्दै सिटीको अग्रता फराकिलो बनाउनुभयो । त्यसपछि इन्जुरी समयमा स्टर्लिङले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सजिलै जिताउनुभयो । उपाधि मुखमा रहेको सिटीले ३५ खेलमा सिटीको ८६ अंक बनाएको छ ।

दोस्रो स्थानमा रहेको लिभरपुलको ८३ अंक छ । पराजित न्युक्यासल ४३ अंक सहित १३औँ स्थानमा छ । अन्य खेलमा आर्सनलले लिड्स युनाइटेड र एभर्टनले लेस्टर सिटीलाई समान २–१ ले गोलले पराजित गरेको छ । अर्को खेलमा वेस्ट हाम युनाइटेडले नर्विच सिटीलाई ४–० गोलले स्तब्ध बनाएको छ । एजेन्सी