• ९ भदौ २०८१, आइतबार

काँग्रेस सभापति देउवा निवास अगाडि शङ्कास्पद वस्तु फेला

blog

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निवास अगाडि भेटिएको शङ्कास्पद वस्तु । तस्बिर ः सामाजिक सञ्जालबाट

अविनाश चौधरी

धनगढी, भदौ ९ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शङ्कास्पद वस्तु भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि राति १ बजे शङ्कास्पद वस्तु फेला परेको हो । तारसहितको वस्तु कालो झोलामा राखिएको अवस्थामा फेला परेपछि रातिबाटै प्रहरीले सो स्थानलाई निगरानीमा राखेको थियो । बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार सेनाको टोली सो वस्तुलाई निष्क्रिय गर्ने कार्यमा लागेको छ ।