• २८ वैशाख २०८१, शुक्रबार

‘जय नेपाल मुख मुखमा...’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ,  वैशाख २३ गते । चुनावलाई लक्षित गरेर काँग्रेसको चुनावी गीत ‘जय नेपाल मुख मुखमा...’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतको भिडियो बिहीबार काठमाडौँको दरबारमार्गस्थित क्युज सिनेमामा रिलिज गरिएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महत, वरिष्ठ अभिनेता नीर शाह, भुवन केसी, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्कासहित गीतका कलाकारले भिडियो सार्वजनिक गर्नुभएको हो । गीतलाई युवा गायक कृष्ण विकले गाउनुभएको छ । कृष्णलाई महिला स्वरमा गायिका प्रीति आलेले साथ दिनुभएको छ । 

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको समसामयिक सन्दर्भमा यो गीत निकै राम्रो बनेको कार्यक्रममा बताउनुभयो । जनतासँग जोडिने प्रभावकारी माध्यम नै गीत सङ्गीत र सिनेमा भएको बताउनुहुँदै प्रवक्ता महतले चुनावमा जनतासँग नेता र पार्टीलाई जोड्न यस्ता गीतले महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

बिहीबार सार्वजनिक गरिएको गीत ‘जय नेपाल मुख मुखमा...’ का गायक कृष्ण विकले अहिलेको अवस्थालाई मध्यनजर राखेर नेपाली काँग्रेस तथा गठबन्धनका लागि यो गीत बजारमा ल्याएको बताउनुभयो ।  बिजी आग्रीको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी कविराज गहतराजले गर्नुभएको छ । 

सञ्जय लामाको छायाङ्कन रहेको गीतको भिडियोमा नेपाली काँग्रेसमा संलग्न विभिन्न कलाकार तथा भ्रातृ संस्थाका पदाधिकारीको अभिनय रहेको छ । कार्यक्रमको व्यवस्थापन सुभाष काफ्लेले गर्नुभएको थियो ।