• २८ वैशाख २०८१, शुक्रबार

मदनकृष्णलाई जन्मदिनको उपहार : सय करोड दर्शक पाउने अपेक्षा

blog

७२ औं जन्मदिन मनाउँदै मदनकृष्ण श्रेष्ठ । तस्बिर:सागर बस्नेत

काठमाडौं, वैशाख २० गते । गीतकार तथा संगीतकार पुष्पन प्रधानले 'एउटा सपना छ'को लेजेन्डरी भर्सन सार्वजनिक गर्नुभएको छ । क्रियटिभ ह्याट्सले मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसर पारेर भिडियो उपहार दिएको हो । 

सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाईले छायाङ्कन र सम्पादन गर्नुभएको हो । गायक तथा सङगीतकार पुष्पन प्रधानले यो गीतको पहिलो भर्सनले सय करोड दर्शक पाउने आफ्नो जीवनको पहिलो गीत भएको बताउनुभयो। 

कार्यक्रममा श्रेष्ठले आफूले जिन्दगीमा धेरै गीत गाउन नसकेको भन्दै यो गीत आफ्ना लागि सधै नै विशेष रहने अपेक्षा गर्नुभयो । भिडियोमा मदनकृष्ण र आँचल शर्माको अभिनय देख्न सकिन्छ । आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिनुभएको छ। यस्तै, भिडियोमा बिरामी भएर सबै विर्सिएका आफ्ना हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथालाई देखाइएको छ ।