• ४ वैशाख २०८१, मङ्गलबार

मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा

blog

काठमाडौं, वेशाख २० गते । नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव  छ । उक्त मौसमी प्रणालीको प्रभावले देशभर  आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ को एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावनाको छ ।

अाज सङ्घीय राजधानी काठमाडौं उपत्यकाको मौसम सफा छ । बिहानैदेखि पारिलो घाम लागेको छ । महाशाखाका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम २८ दशमलव सात र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस छ । बितेको २४ घण्टामा काठमाडौंमा ४३ दशमलव सात मिलिमिटर वर्षा भएको छ ।