• ९ जेठ २०८१, बुधबार

चार महिनामै भित्रिए एक लाख २१ हजार पर्यटक

blog

पर्वतारोहणका लागि नेपाल आएका पर्यटकहरु सगरमाथा आरोहणमा जाँदै । फाइल तस्विर

काठमाडौं, वैशाख २० गते । सन् २०२२ को चार महिनाभित्रै एक लाख २१ हजार ८५१ जना पर्यटक नेपाल भित्रिएका छन् । दुई वर्ष देखि सुन्य जस्तै भएको पर्यटन क्षेत्र पछिल्लो चार महिना देखि पुरानै लयमा फर्किन सुरु गरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ । 

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अप्रिल महिनामा पर्यटक आगमन ५८ हजार ३८४ पुगेको छ । यो दुई वर्ष यताकै सबैभन्दा धेरै हो । सन् २०२२ को जनवरी महिनामा १६ हजार ९७५ जना, फेब्रुअरी महिनामा १९ हजार ७६६, मार्च महिनामा ४२ हजार ६ जना र अप्रिल महिनामा ५८ हजार ३८४ जना पर्यटक नेपाल भित्रिएका छन् । 

बोर्डका अनुसार एक महिनाको अवधिमा भारतबाट मात्र २२ हजार ४७७ जना पर्यटक नेपाल आएको जनाएको छ । बोर्डका अनुसार यस महिनामा भारतबाट मात्र २२ हजार ४७७ जना र चीनबाट २८१ जना पर्यटक मात्र नेपाल आएका छन् । बङ्गलादेशबाट एक हजार ५३७ जना पर्यटक नेपाल आएको तथ्यांक छ भने यसै महिनामात्र अमेरिकाबाट ६ हजार ९५४ जना र बेलायतबाट ५ हजार २५२ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

 सन् १९१९ मा एक लाख दुई हजार ४२३ जना नेपाल भित्रिए पनि नेपाल भ्रमण वर्ष २०२० मा भने ९८ हजार १९० जना मात्र भित्रिएका थिए भने सन् २०२१ मा १ लाख ५० हजार ९६२ पर्यटक भित्रिएका थिए । 

यसै महिना नेपालका अग्ला २५ वटा हिमाल आरोहणका लागि ८९९ जना आरोहीले अनुमती लिई आधारशिविर पुगेका छन् । यी हिमाल आरोहण गर्न ७४ देशबाट १९५ महिला र ७०४ जना पुरुष गरी ८९९ जना आरोहीले अनुमती लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो । 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।