• २२ असार २०८२, आइतबार

विमानस्थलबाट मिक्चर मेसिनमा लुकाएको सुन सहित एक पक्राउ

blog

काठमाडौं, बैशाख २० गते । मिक्चर मेसिनमा लुकाएर ल्याउने क्रममा सुन सहित एक युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । कुवेतको जजिरा एयरबाट काठमाडौं आएका रुपन्देहीका २८ वर्षीय युवकलाई मंगलबार विहान ७ः०० बजे चेकजाँचका क्रममा अवैध रुपमा भित्राएका एक सय ग्राम सुन सहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिनुभयो । 

युवकले सुनलाई मिक्चर मेसिन भित्री भागमा फल्स वटम बनाई करिव एक सय ग्राम सुन लुकाएर अवैध रुपमा ल्याउने क्रममा बरामद गरिएको भट्टराईले बताउनुभयो । सुन सहित नियन्त्रणमा रहेका युवकले एक लाख ५६५ राजश्व तिर्नु पर्ने र थप जरिवानासमेत बुझाउनु पर्ने कानुनी व्यवस्था छ । कानुनी रुपमा विदेशबाट आउँदा नेपाली यात्रुले ५० ग्रामको सुनका गहना मात्र ल्याउन पाउने कानुनी व्यवस्था छ ।