• ८ साउन २०८१, मङ्गलबार

बजारमा पाइन छाड्यो तरकारी

blog

काठमाडौँ, साउन ४ गते । उपभोक्ताले महँगो तिरेर पनि ताजा तरकारी उपभोग गर्न पाएका छैनन् । लगातारको वर्षाका कारण उपत्यकाबाहिरबाट पर्याप्त तरकारी नआएकाले उपत्यकावासीले तरकारी खान पाएका छैनन् । बुुधबार साँझपख सानेपाबाट तरकारी किन्न कालीमाटी बजारमा आइपुुग्नुभएका विष्णुुप्रसाद अधिकारी बजारमा किन्ने तरकारी नदेखेपछि निराश भएर फर्किनुुभयो । 

बिहीबार आमाको वार्षिकी कार्यव्रmमका लागि सस्तो तरकारी किन्न भतिजसहित कालीमाटी बजारमा आएका उहाँले भन्नुुभयो, “आलुसहित अन्य हरियो तरकारी लैजाने भनेर दुुई वटा स्कुटर लिएर आयौँ, बजारमा तरकारी नै छैन, आलुु र तामा लिएर हिड्यौँ ।” उहाँ जस्तै ठुलो भ¥याङको सरकारी विद्यालयका शिक्षिका मतिना पोखरेलले पनि कालीमाटीमा खोजे जस्तो तरकारी पाउनुभएन । 

देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीहरू केही दिनदेखि बजारमा असाध्यै कम तरकारी भित्रिएकाले बिहानै सकिने गरेको र साँझपख बजार आउने उपभोक्ता रित्तै फर्किनुुपर्ने बताउँछन् । 

कालीमाटी तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यको भान्सामा समेत साउन १ देखि तरकारी पाकेको छैन । उहाँका अनुसार यो समयमा चितवन, मकवानपुर, दोलखा, धादिङ, काभ्रे, नुुवाकोट, तराईका बारा, पर्सा, सल्र्लाही, सप्तरी, महोत्तरीलगायतका ठाउँबाट तरकारी आउने गरेका छन् तर केही दिनदेखि तीमध्ये अधिकांश ठाउँबाट तरकारी भित्रिएको छैन । त्यसैले उपत्यकामा तरकारी अभाव भएको हो । 

यता वर्षाका कारण मकवानपुर भीमफेदी गाउँपालिका तरकारी किसान प्रमोद थापाले उत्पादन गरेको तरकारी सडक अवरुद्ध हुँदा बारीमै कुुहिएको बताउनुुभयो । उहाँ आफ्नो फेसबुुकमार्फत सिजनल तरकारी लौका, करेला, घिरौँला, तने बोडी, गोलभेँडा कुुहिएर फाल्नुु परेको पीडा व्यक्त गर्नुुभएको छ । बारीमा बजार पठाउन तयार भएको तरकारी बिव्रmी गरेर धेरै कमाउने सपना बुुन्नुुभएका उहाँले सडक पहिरोले लगेसँगै चकनाचुर भएको आशय प्रकट गर्नुुभएको छ । उहाँ त एउटा प्रतिनिधि पात्र मात्रै हो । लगातारको वर्षाले सडक भत्किँदा धेरै किसानले तरकारी बारीमै कुुहिएर फाल्नुु परेको छ । 

राष्ट्रिय कृषक महासङ्घका अनुसार तराई क्षेत्र डुबान र पहाडी क्षेत्रमा पहिरोका कारण तरकारी सङ्कलन र ढुवानीमा समस्या भइरहेको छ । देशभरि हरियो तरकारी सङ्कलन तथा ढुवानीमा समस्या हुँदा किसानले ठुलो नोक्सान भोग्नुु परेको जनाएको छ । हरेक बर्खामा किसानले यस्तै समस्या भोग्नु परे पनि सरकारले समाधानका लागि ध्यान दिन सकेको छैन । 

बजारभाउ उकालो 

पछिल्लो १५ दिनदेखि तरकारीको भाउ उकालो लागेको छ । १५ दिनपहिले प्रतिकेजी २५ रुपियाँ रहेको बन्दा आज ५० रुपियाँ थोकमा पुुगेको छ । गोलभेँडा प्रतिकेजी ८० बाट १२० रुपियाँ, काउली स्थानीय एक सयबाट १२५ रुपियाँ, तने बोडी ५० बाट १२० रुपियाँ थोकमा कारोबार भएको छ । 

यस्तै घिउसिमी ७० बाट १६० रुपियाँ, तितेकरेला ५० बाट एक सय रुपियाँ, लौका ५० बाट एक सय रुपियाँ, घिरौला प्रतिकेजी ५० बाट १२० रुपियाँ, फर्सी हरियो प्रतिकेजी ४० रुपियाँबाट एक सय रुपियाँ, पाकेको फर्सी प्रतिकेजी ४५ बाट ७० रुपियाँ, कुुरिलो प्रतिकेजी २५० बाट पाँच रुपियाँ, च्याउ कन्य प्रतिकेजी एक सयबाट १८० रुपियाँ र च्याउ डल्ले १५० बाट ३५० रुपियाँ थोकमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

आपूर्ति घट्यो 

समितिका अनुसार बाहिरी जिल्लाबाट काठमाडौँ उपत्यकामा आउने तरकारी नै ४० प्रतिशत घटेको समितिले जनाएको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले बाढीपहिरो बढ्न थालेपछि आयात ह्वात्तै घटेको बताउनुुभयो । 

उहाँका अनुसार सामान्य अवस्था हुँदा बजारमा दैनिक औसतमा नौ सय मेट्रिक टन तरकारी भित्रिने गरेकोमा अहिले चार सयदेखि ४५० मेट्रिक टन मात्रै आइरहेको छ । उपत्यकावासीको मागमध्ये लगभग ८० प्रतिशत कालीमाटी बजारले धान्न गरेको छ र बाँकी साना बजार बल्खु तरकारी बजार, बालाजुु, बानेश्वर, जडीबुटीलगायतका तरकारी बजारलगायत स्थानमा पनि सोही अनुपातमा आपूर्ति घटेको छ ।