• १३ असोज २०८१, आइतबार

आठ जना सङ्क्रमित, १८ सङ्क्रमण मुक्त

blog

काठमाडौं, वैशाख १९ गते । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको हो ।

त्यसैगरी, ९२२ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १८ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमित २११ जना  छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १६ हजार १० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।