• ४ असार २०८१, मङ्गलबार

असार ४ बाट जिल्ला स्तरीय हक्की प्रतियोगिता हुने

blog

प्रतियोगिताका लागि अभ्यास गर्दै महिला खेलाडी । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असार १ गते  ।
 हुम्लामा जिल्ला स्तरीय हक्की प्रतियोगिता हुने भएको छ । आगामी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्कीका खेल हुम्लामा सञ्चालन हुने भएका कारण यो प्रतियोगितालाई मध्यनजर राख्दै जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुन् लागेको हो ।

हक्की सङ्घ हुम्लाका अध्यक्ष रामजन रावतले आगामी असार ४ गतेबाट फाईफ एक साईट हक्की प्रतियोगिता हुन लागेको बताउनुभयो । सो प्रतियोगिता जिल्ला स्तरीय  महिला तथा पुरुषका बिच छुट्टाछुट्टै रूपमा हुनेछ ।

उहाँले यतिबेला यो प्रतियोगिता सञ्चालन गर्नुका कारण दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्की खेल हुम्ला जिल्लामा हुने भएकाले जिल्लामा सञ्चालन गर्न लागिएको र यसै खेलबाट कर्णाली प्रदेशको टिम पनि छनोट हुने बताउनुभयो ।

हक्की खेलका लागि कर्णाली प्रदेशबाट सबै खेलाडी हुम्ला जिल्लाका रहेका छन् । सो प्रतियोगिता हाल हक्की खेलका लागि मैदान निर्माण कार्य पूरा नभई सकेका कारण मैदान नजिकैको सिमसार क्षेत्रको घाँसे मैदानमा हक्की हुनेछ । हक्की सङ्घ हुम्लाको आयोजनामा सञ्चालन हुने प्रतियोगिताका लागि बजेटको व्यवस्था समेत कर्णाली प्रदेश खेलकुद परिषद्ले गर्ने छ । यसका लागि मुख्य रेफ्रि इन्दु शर्मा, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्याल, सङ्घको केन्द्रीय पदाधिकारी आउने कार्यक्रम रहेको छ ।