शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख १३ गते। रुपन्देहीको एक सुनचाँदी पसलमा चोरी भएको छ। बुटवल उपमहानगरपालिका–६ बीपी चोकस्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले दुई किलो सुनका गहना, दुई किलो २५ तोला काँचो सुन र नगद ५ लाख चोरी भएको जानकारी दिनुभयो। लुटेरा समूहले पसलमा तोडफोड गर्नका लागि वल्डिङ्ग मेसिन प्रयोग गरेको भेटिएको छ।
घर भाडामा लिएर योजनाबद्ध रुपमा चोरी भएको पसलका सञ्चालक डिलबहादुर सुनारले बताउनुभयो। चोरी गर्ने व्यक्ति सीसीटीभी फुटेजमा स्पष्ट रुपमा देखिएको र खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ। घटनाका बारेमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो।
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                