शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, वैशाख १३ गते । काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ ।
काठमाडौं परिसरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुदीप गिरीले निकुञ्जस्थित तारेभीर क्षेत्रमा आगलागी भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागी नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरीको टोली खटाइएको छ ।
आगो निभाउन हेलिकोप्टर प्रयोग गरिएको छ भने दमकल र ट्याङ्कर पनि परिचालन गरिएको छ ।
‘‘सोमबार राति पनि तारेभीर क्षेत्रमा आगलागी भएको थियो । प्रहरी र सेनाको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।’’ उहाँले भन्नुभयो, ‘‘तर, फेरि आगो लागेको छ । बास्तीमा आगो नफलियोस् भन्ने छ । अहिले आगो कसरी नियन्त्रणमा लिने भनेर इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको छ ।’’ 
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                