• १५ चैत २०८०, बिहिबार

आशिष र अकीको विजयी सुरुवात

blog

खुला टेनिसमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, वैशाख १२ गते । आशिष खड्का र अकी जुवेन रावतले आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार विजयी सुरुवात गर्नुभएको छ । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा आशिषले प्रितम परियारलाई ७–५, ६–१ तथा अकीले कुमार तामाङलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्नुभयो । 

सोही स्पर्धामा विष्णु नेपालले श्रीयोग अधिकारीलाई ६–३, ६–०, निजेज महर्जनले अभिषेक शाहलाई ६–४, ६–१, प्रणव मानन्धरले निश्चल कायश्थलाई ६–२, ६–०, कुमार जिसीले सौरभनाथ पन्तलाई ६–३, ६–४ तथा विवेश मगरले सुशल मोक्तानलाई ६–०, ६–० को सीधा सेटमा हराउनुभयो । 

त्यस्तै प्रमोदबहादुर थापाले रोजन दुवाल तथा सक्षमविक्रम शाहले कृष्णदेव उप्रेतीबाट वाकओभर पाउदै प्रिक्वार्टरफाइनलमा पुग्नुभएको छ । प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा जेजे राणा र प्रणव मल्ल, डेगेन्द्र र सन्जिव, गोपी भट्टराई र नवीन चालिसे, दावा शेर्पा र जितेन्द्र परियार, अनुज बाँस्तोला र विकास गुरुङ, मानबहादुर कटुवाल र राजेन्द्र भट्ट तथा लक्ष्मण तामाङ र राज लामाको जोडी प्रिक्वार्टरफाइनलमा पुग्नुभयो । 

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा सुवर्ण धाक्वा र कृष्णराज घले, विदुर विष्ट र काजी गुरुङ, राजु गुरुङ र लाक्पा शेर्पा, युवराज थापा र किरण नेपाल, सूर्य गिरी र भूअरुण मल्ल, राज घिमिरे र लोक गुरुङ, रामेश्वर थापा र राजेश क्षेत्री, कमल थापा र छ्याम्बा डुन्डुप, समिर शेरचन र राज गुरुङ, इन्द्रबहादुर शाह र पदम सिंह, बसन्त प्रधान र राजकुमार घिमिरे, ध्रुव गुरुङ र मनोज राणा तथा निरञ्जन श्रेष्ठ र सागर केसीको जोडीले प्रिक्वार्टरफाइनल यात्रा तय गर्नुभयो । भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा सुशील पाण्डे, राजु श्रेष्ठ, बाबु कार्की, निञ्जनकुमार श्रेष्ठ, करीमुलाल मुस्लिम, सैलेश भण्डारी र हेमचन्द्र गुरुङले प्रिक्वार्टरफाइनलमा स्थान पक्का गर्नभएको छ ।