शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                राजु लामिछाने
रुकुम पूर्व, वैशाख १२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुकुम पूर्वको सिस्ने गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।  
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुकुमकोटमा राप्रपा रुकुम पूर्वका अध्यक्ष समेत रहनुभएका सुधिर बिक्रम शाहले गाउँपालिका अध्यक्षका लागि मनोनयन दर्ता गराउनुभएको हो ।
राप्रपाका केन्द्रीय सदस्य केशवचन्द्र समाल (मदन शाह) का अनुसार जिल्लाका अन्य पालिका र वडाहरुमा मनोनयन दर्ताको तयारी भइरहेको छ । सिस्ने गाउँपालिका अध्यक्षको लागि पार्टीका जिल्ला अध्यक्ष शाहसहित वडा नम्बर ५ का वडा अध्यक्ष र सदस्यहरुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
वडा अध्यक्षमा अमरबहादुर शाही र सदस्यहरुमा ऋषिकेश शाह र माधव शाहीको मनोदयन दर्ता गराउनुभएको छ । 
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                