शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                नवराज श्रेष्ठ
रामेछाप, वैशाख १२ गते । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)तर्फबाट रामेछाप नगरपालिकामा प्रमुख र उप्रपमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
माओवादीका तर्फबाट प्रमुखमा नरेशबाबु श्रेष्ठ र एकीकृत समाजवादीका तर्फबाट उपप्रमुखमा ढालविक्रम कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
रामेछाप नगरपालिकामा माओवादी र समाजवादीबीच प्रमुख र उपप्रमुख पदमा तालमेल गर्ने सहमति अनुसार श्रेष्ठ र कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
रामेछाप नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् । ९ वटा वडा रहेको यो नगरपालिकाको प्रमुखमा एमालेबाट रोशन पाख्रिन र उपप्रमुखमा सीता केसीले मनोनयन दर्ता गराउनुभएको हो ।  
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                