शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                राजु लामिछाने
रुकुम पश्चिम, वैशाख १२ गते । स्थानीय तह निर्वाचनअन्तर्गत रुकुम पश्चिमको चौरजहारीमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएको छ । 
निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा माओवादी केन्द्रबाट पुष्प बादीले नगर प्रमुख र उपप्रमुखमा ईश्वरी शर्मा बिएमले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
निर्वाचन अधिकृत द्रोणदत्त पौडेलले नेता कार्यकर्ता र शुभचिन्तकसहित सोमबार निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा उहाँहरुले उम्मेदवारी दर्ता गराउनुभएको जानकारी दिनुभयो ।
नगर प्रमुखका उम्मेदवार पुष्प बादिको समर्थकमा वीरेन्द्र बिएम र समर्थकमा सुन्दर शर्मा रहनुभएको छ । त्यसैगरी, उपप्रमुख ईश्वरी शर्मा बिएमले ध्रुव बुढाथोकीको समर्थन र मनसरा मल्ल शर्माको प्रस्तावमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।


 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                